×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उद्योग वाणिज्य संघ चितवनका नयाँ कार्यसमितिद्वारा शपथग्रहण


  •   बुधबार, चैत ०२, २०७८
  • चितवन ।उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले आज शपथ लिएका छन् । साथै पदहस्तान्तरण सम्पन्न भएको छ ।
    ५५ औं वार्षिक साधारण सभा एवम् अधिवेशनले चुन नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले निर्वाचित कार्यसमितिलाई शपथग्रहण गराएका थिए । लगत्तै निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई अध्यक्षको ड्यासमा आफ्नो अध्यक्षको ब्याच लगाइदिएका थिए ।

    Advertisement

    पदस्थापनापछि बोल्दै नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले अग्रजहरुको आर्शिवाद लिँदै चितवनको अर्थतन्त्र विकासमा काम गर्ने बताए । व्यवसायिहरुको हक अधिकारका लागि सधैँ अग्रभागमा रहेर काम गर्ने र जिल्लाको आर्थिक र सामाजिक रुपान्तरणमा काम गर्ने बताए ।

    कार्यक्रममा पूर्वअध्यक्षहरुको उपस्थिती थियो । संघको ५५ औं वार्षिक साधारण सभा तथा अधिवेशनले कार्यसमितिमा अध्यक्षसहित १३ पदमा निर्विरोध चयन गरेको थियो भने १२ पदमा निर्वाचन भएको थियो ।

    पदाधिकारी सहित कुल २९ सदस्यीय समिति हुने उद्योग वाणिज्य संघ चितवनमा अव बस्ने बैठकले उपाध्यक्षहरुको तह निर्धारण गर्नेछ । वाँकी सदस्यहरुलाई मनोनित समेत गरिने छ ।

    नवनिर्वाचित समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फको उपाध्यक्षमा सिरिष पन्त, उपाध्यक्ष कर्पोरेटतर्फ राजेन्द्र ओली, कार्यसमिति सदस्य महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघतर्फ रेशमलाल आचार्य, २ जना कर्पोरेट सदस्यतर्फ डा।जीवनकुमार श्रेष्ठ र रजनी मास्के, वस्तुगत सदस्यहरुमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ र सन्तोषजनक भुषाल छन् । वाणिज्यतर्फका ६ जना सदस्यमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने छन् । उद्योग तर्फको सदस्यहरुमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिला बहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.