कावासोती ।
नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वी शाखाको भवन निमार्णका लागि उप–समितिहरु गठन गरिएको छ । वुधवार संस्थाका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा बसेको कार्यसमिति वैठकले भवन निर्माण उपभोक्ता समिति, खरिद उप–समिति र अनुगमन समिति गठन गरिएको हो ।
अध्यक्ष पराजुलीको संयोजकत्वमा ११ सदस्यीय उप–समिति गठन भएको छ । जसको सदस्यमा मुना दाहाल,विष्णु प्रसाद गौडेल ,श्रीधर उपाध्याय, अग्निधर लुइटेल, भविश्वर पाण्डे ,संजय भट्टराई, अर्जुन सापकोटा, खगेन्द्र पराजुली , टोल राना मगर र गंगा विश्वकर्मा छन् । । त्यस्तै नविन पौडेलको संयोजकत्वमा सात सदस्यीय खरिद उपसमितिमा गठन गरिएको छ । जसको सदस्यमा बुद्दिराज कडरिया , धनु भुषाल, दयाराम आचार्य, राजु चापागाई, यम वहादुर सोमै र अजय पौडेल छन् ।
बैठकले लाल कुमार भट्राइको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा विद्रोही गिरी , केवी राना, शालिकराम कोइराला,श्रीराम सिग्देल, कमला राना , खगराज सापकोटा, घनस्याम बगाले , चोलाकान्त रेग्मी, भुमि चापागाइ, ज्ञानु पंगेनी, तिर्थ राज डुम्रे, रमेश वस्ताकोटी, खेमनारायण महतो , चन्दा गुरुड. , प्रेम न्यौपाने, भुमिश्वर पौडेल, शारदा झेडिमगर, ईश्वर चापागाइ, सुजन अधिकारी,सागर पोख्रेल , राजेश सुनाम, प्रितम भुजेल, इतराज गुरुड।, होमराज जैसी चयन भएका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वी शाखाको सल्लाहकार समिति पनि गठन गरिएको छ । होमराज रानाभाटको संयोजकत्वमा गठन गरिएको समितिका सदस्यहरुमा भुपेन्द्र भट्टराई , नारायण शर्मा , रामकुमार श्रेष्ठ, हिमालदेव पंगेनी , दिपक भट्टराई रहेका अध्यक्ष पराजुलीले जानकारी दिए ।
–अपडेट गरिएको



