×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

बेष्ट फाईनान्सको नयाँ शाखा नारायणगढमा


  •   बुधबार, चैत ०२, २०७८
  • चितवन । बेष्ट फाईनान्स कम्पनी लिमिटेडको नयां शाखा नारायणगढमा उद्घाटन गरिएको छ। सहिद चोकमा आज एनआरएनए का केन्द्रीय सचिव आरके शर्मा,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश पुरी र फाइनान्सका सीइओ उमेशसिंह भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    Advertisement

    उद्घाटपनि बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले बैक तथा वित्तिय संस्थाको विकासले चितवनको बजारीकरण, औद्योगिकिकरणमा सहयोग पुग्ने बताए । स्वस्थ प्रतिस्पर्धाबाट सेवा दिएर उत्कृष्ट वन्न शुभकामना दिए ।


    नेपाल राष्ट्र बैंकबाट ग वर्गको ईजाजत पाएको फाईनान्सले २०५२ सालदेखि वित्तीय कारोवार सुरु गरेको थियो । नारायणगढको यो शाखा १५ औँ हो । सीइओ भण्डारीका अनुसार ८२ करोड चुक्ता पुँजी रहेको फाइनान्सको उपत्यकामा मात्रै ६ र काठमाण्डौ बाहिर ९ वटा शाखा पुगेको छ।
    अनुभवि तथा व्यवसायिक उच्च व्यवस्थापन रहेको फाइनान्सले नाफा गर्दै गएको छ ।

    ६ वर्षअघि समस्याग्रस्त बनेको फाइनान्समा एनआरएनएका व्यक्तिहरुको लगानी रहेपछि सुधारिदै गएको केन्द्रीय सचिव आरके शर्माले बताए । उनले भने,“फाइनान्स के कारणले समस्याग्रस्त भयो भन्ने पत्ता लगायौँ र नयाँ व्यवस्थापनका साथ संचालन गरेका हौँ ।”
    उनका अनुसार रकम जम्मा गर्ने र ऋण दिने मात्र नभई समुदायका विपन्न वर्गसम्म पुगेर तालिमहरु संचालन गर्ने,उद्यमीका लागि लगानी गर्ने र बचत गर्ने वानीको विकासमा समेत कार्य गर्दै जाने बताए ।

    एनआरएनएका एसिया प्यासिफिक संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले अव कुनै चिन्ता लिनुनपर्ने र जहाँ वैँकहरु पुग्न सकेका छैनन् त्यहाँ बेष्ट फाइनान्स पुग्ने बताए । उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने र सहज विधिबाट ऋण दिने बताए ।

    सीइओ भण्डारीका अनुसार ग्राहकले ऋण लिएसँगै उक्त ऋणको बीमा गर्न सिकाउनुपर्ने बताए । विद्यार्थी,कृषक, व्यवसायी लगायत सवैलाई समेट्ने गरी काम गर्ने बताए ।
    शाखा प्रमुख सुजन अधिकारीले डिजिटल माध्यमबाट सेवा दिने र नारायणगढ शाखालाई उत्कृष्ट गराउनेगरी सेवा दिने बताए । फाइनान्सले बचततर्फ १० प्रकारका खाता संचालन गरेको छ भने मुद्दती तर्फ ६ र कर्जातर्फ १२ प्रकारको सेवा प्रदान गरेको छ । कर्जातर्फ घर,अटो,हायर पर्चेज,कृषि, विपन्न,ब्यापार,शैक्षिक लगायतको सेवा दिने उनले बताए ।
    साथै क्युआर कोडको सुविधा,लकर, रेमिट, एवीवीएस, एटीएम, आइपीएस आदिको सेवा समेत उपलब्ध रहेको शाखा प्रमुख अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.