×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवनमा कृषि गणनाको तयारी सुरु, आज कार्यालय स्थापना


  •   मङ्गलबार, चैत ०१, २०७८
  • डोलराज रानाभाट। चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार आज जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको हो ।

    Advertisement

    विस २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित संघीयतापछिको पहिलो कृषि गणना गर्न आज तथ्याङ्क कार्यालय रहेको भवनमा नै कार्यालय स्थापना गरिएको जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिए ।

    जिल्ला कृषि गणना समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षमा बसेको प्रथम बैठकबाट कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । यो कार्यालय चैत्र १ देखि २०७९ जेठ मसान्त सम्म कार्यालय रहनेछ ।

    कार्यालयले छिट्टै जिल्ला स्तरीय सचेतना गोष्ठी गर्ने भएको छ । जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा अभिमुखिकरण गरिनेछ भण्डारीको भनाई छ ।

    चितवन जिल्लामा हालसम्म प्राप्त दरवन्दी अनुसार १६ जना सुपरीवेक्षक र ६४ जना गणक गरी कुल ८० जना करारका जनशक्ति फिल्डमा खटिनेछन् । करार जनशक्ति छनौटको आधार यसअघि जनगणनाको जस्तै रहेको छ । अनलाइनबाट फर्म भरेकाहरुबाट केन्द्रले प्रारम्भिक सूची जिल्लामा पठाउने र सोही अनुसार र्याङ्कीको आधारमा छनौट गरिने भण्डारीले बताए ।

    केन्द्रीय तथ्याक विभागले वैज्ञानिक विधिबाट छनौट गरे अनुसार चितवनमा १७९ वटा गणना क्षेत्र कायम गरिएको छ । एउटा गणकले ३ वटा गणनाक्षेत्र हेर्नुपर्छ भने एक जना सुपरीवेक्षकले ४ जना गणकको कार्यलाई सुपरीवेक्षण गर्नुपर्नेछ ।

    जिल्ला स्तरमा गणक तथा सुपरीवेक्षकको तालिम यही चैत्र २५ देखि २०७९ वैशाख २ गतेसम्म संचालन गरिनेछ भने सुपरीवेक्षकका लागि थप १ दिन अर्थात् वैशाख ३ गतेसम्म तालिम संचालन गरेर वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म उनीहरुले फिल्डमा खटाइनेछ ।

    फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भनुपर्ने छ । लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताए ।

    पहिलेका कृषि गणनाहरु जस्तै यो गणना पनि वैज्ञानिक छनौट विधिमा आधारित रहेको भण्डारीको भनाई छ । यस गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग, उपयोग, वालीले ओगेटेका जग्गाको क्षेत्रफल तथा उत्पादन, कृषि सामाग्री सिँचाइको विवरण,कृषि कार्यमा संलग्न जनशक्ति, कृषि वन, कृषि ऋण, पशुपंक्षिको संख्या र तिनीहरुको आहार विवरण, कृषक परिवारको सदस्यको नाममा रहेको कृषि जग्गाको अवस्था,हरित गृह पद्धतीको प्रयोग, बीमा, अनुदान कृषि बजारसम्मको पहुँच, जलवायु पवितर्ननको असर माटो परीक्षण, फोहोर मैलाको व्यवस्थापन जस्ता विविध विषयहरुको तथ्याङ्क संकलन गरिन्छ । संकलनपछि स्थानीय तहसम्मको नतिजा सार्वजनिक गरिनेछ ।
    भण्डारीका अनुसार सन्दर्भ वर्ष र सन्दर्भ दिन गरी दुई प्रकारको सन्दर्भ अवधि मानिएको छ । जसमा २०७७ पुष १७ देखि २०७८ पुष १६ गरी १२ महिनाको मात्रै तथ्याङ्क संकलन गरिनेछ भने गणना गरिएको दिनलाई सन्दर्भ दिन तोकिएको छ ।

    त्यसरी प्रश्नावली भर्नका लागि सहजीकरण गर्न जिल्ला देखि वडा तहसम्म संरचना बनाइएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि गणना समन्वय समिति छ जसमा जिल्ला कृषि गणना अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

    स्थानीय तहमा उप-मेयर वा उपाध्यक्षको संयोजकत्वमा स्थानीय सहजीकरण समिति हुनेछ भने प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति हुनेछ ।

    कृषि विकासका लागि स्थानीय जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको योजना तर्जुमा तथा नीति निर्माण, अनुगमन, मूल्याङ्कन गर्न हरेक १०/१० वर्षमा कृषि गणना गरिन्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.