×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोट चाैथाे उप-मेयर कपकाे उपाधि रत्नराज्य लक्ष्मी माविलाई


  •   मङ्गलबार, चैत ०१, २०७८
  • गैंडाकोट । गैंडाकोट चौथो उप–मेयर कप अन्तरमावि छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्न राज्य लक्ष्मी माविले चुमेको छ । आज सम्पन्न फाईनल खेलमा विजय सामुदायिक शिक्षा सदनलाई १–० गोलले हराउदै ४२ हजार नगद, मेडल, शिल्ड,प्रमाणपत्र हात पारेको छ । कार्यक्रमकी विशिष्ट अतिथि नगरउपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले पुरस्कार प्रदान गरेकी थिइन् ।

    Advertisement

    पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा पेनाल्टी पाएर गोल गरेपछि रत्नराज्य लक्ष्मी माविले उपाधि जितेको हो ।
    फागुन २४ देखि सुरु भएको प्रतियोगितामा १६ वटा माविले सहभागिता जनाएका थिए ।

    प्रतियोगितामा उपविजेता विजय सामुदायिक शिक्षा सदनले ३२ हजार नगद, मेडल, ट्रफी, प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा दुई वटा विद्यालय बालविकास मावि र नारायणी माविले तृतीय पुरस्कार रु. १७ हजारका दरले प्राप्त गरेका छन् ।

    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार रु. ६ हजार नगद सहित विजय सामुदायिक शिक्षा सदनकी सारा सापकोटाले पाइन् भने उत्कृष्ट गोल रक्षकको रु.५ हजार पुरस्कार रत्नराज्य लक्ष्मीकी पार्वती थापाले प्राप्त गरिन् । प्रतियोगिता अवधिभर धेरै गोल गर्नेमा विजय सामुदायिक शिक्षा सदनकी आयुष्मा परियार र रत्नराज्य लक्ष्मीकी मुना महतोले समान ५/५ गोल गरेपछि रु. ५ हजारको आधाआधा प्राप्त गरेका थिए ।
    फाइनल खेलको म्यान अफ द म्याचको रु. १ हजार पुरस्कार भने रत्नराज्य लक्ष्मीकी ममता शाहीले प्राप्त गरिन् ।
    कार्यक्रममा उत्कृष्ट मार्चपास गराएका भन्दै गैँडाकोट इग्लिस स्कुल रु. ६ हजार सहित पुरस्कृत भएको छ ।

    बागमती प्रदेश सांसद रिना गुरुङले उपलब्ध गराएको रु. ५ हजार वालविकास बोडिङ स्कुलका छात्राहरुलाई प्रदान गरिएको छ । गुरुङ प्रमुख अतिथि रहेको दिन खेलभएको मध्य उत्कृष्ट प्रदर्शन गरेको भन्दै गुरुङले सो रकम उपलब्ध गराएको आयोजकले जनाएको छ ।

    गैँडाकोट खेलकुद विकास समितिको आयोजना, महिला खेलकुद विकास समितिको सहआयोजना र गँैडाकोट नगरपालिकाको संरक्षकत्वमा सम्पन्न प्रतियोगिता समापनका दिन बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले विवादैविवादले नगरको खेल क्षेत्र विकासका लागि खेलकुद समिति गठन नभएपनि खेल गतिविधि नरोकेको बताए । नगरबाट हुनसक्ने सहयोग गरेर क्रिक्रेट फुटवल लगायतका खेलाडी उत्पादनमा काम गरेको उनको भनाई थियो ।
    विशिष्ट अतिथि उपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले छात्राहरु पनि खेल खेल्न सक्षम सँगै खेलबाट परिवार, गाउँ समाज र देशलाई चिनाउन सक्छन् भन्ने प्रमाणीत भएको बताइन् । आफ्नो अन्तिम कार्यकालसम्मपनि प्रतियोगिता संचालनमा सहयोग गरेको भन्दै खेलाडीलाई सहयोग गर्न कुनै कन्जुस्याइ नगरेको उनको भनाई थियो ।
    कार्यक्रमका अध्यक्ष गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विद्यालय तहबाटै खेलाडी उत्पादन भएमात्रै राम्रो खेल खेल्न सकिने बताए । यो पटक उत्साहजनक सहभागीता र राम्रो प्रदर्शनका साथ विद्यार्थीहरुले आफूलाई सक्षम प्रमाणीत गरेको कार्कीको भनाई थियो । साथै आगामी दिनमा विद्यालय तहमै खेल प्रशिक्षक आवश्यक परे समितिले उपलब्ध गराउन तयार रहेको समेत उनको भनाई थियो ।
    कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती समेत रहेको थियो । समापन कार्यक्रममा वडाअध्यक्षहरु सहित जनप्रतिनिधि, समाजसेवी, युवा तथा खेलप्रेमी,विद्यालयका संचालक, प्रधानाध्यापक शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।कार्यक्रम रोशन दर्लामीले सहजीकरण गरेका थिए ।नारी दिवसको अवसरमा फागुन २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सकिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.