चितवन । चितवनकाे नारायणगढमा ग्ल्याम अप नेपाल २०२२ हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर आयाेजकले चैत २५ र २६ गते कार्यक्रम हुने जानकारी दिएकाे हाे ।
तीन कम्पनी नेपाल डायरी,काराभान नेपाल र ब्राेसीस मर्ज भएर बनेकाे बी कम्पनीले पहिलाे पटक कार्यक्रम गर्न लागेकाे कम्पनीका अध्यक्ष बिमल पाैडेलले बताए ।
उनका अनुसार सौन्दर्य तथा फेसनसँग सम्बन्धित रहेर आयोजना हुँने कार्यक्रममा फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर मिल्नेछ । सन् २०१८ बाट कार्यक्रम गर्न थालिएको हाे । गतवर्ष कार्यक्रम तय भईपनि विश्वभर महामारीको रुपमा फैलिएकाे कोभिडका कारण स्थगित हुन पुगेकाे कम्पनीका निर्देशक बिनेश थापाले बताए ।
अहिले कोरोना नियन्त्रणतर्फ उन्मुख भएको तथा चितवनमा कोरोना संक्रमण दर शून्यमा झरेकाे अवस्थामा कार्यक्रम आयाेजना गरिएको उनले बताए । पहिलो दिन वर्क सप हुनेछ भने अन्य कार्यक्रम २६ गते हुनेछ ।
कमलनगर नारायणगढस्थित पर्व वेन्चिवटमा हुने कार्यक्रममा रन वे, वर्कसप तथा प्रदर्शनी हुनेछ । कार्यक्रम दुई हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। जसमा चितवन सहित अन्य जिल्लाबाट समेत मोडलहरु सहभागी हुनेछन् । डिजाइनरहरुको डिजाइनमा रन वे हुनेछ । जसका ६० भन्दा बडी सिक्वेन्स हुने अर्का निर्देश अनिल घिमिरेले बताए ।
कार्यक्रममा सौन्दर्यसँग सम्बन्धित स्टलहरु पनि रहने छन् ।
कार्यक्रममा नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटिया गेस्ट स्पिकरको रुपमा रहने र चैत २५ गते उनले फेशन डिजाइनिङ सम्बन्धी एड्भान्स वर्कसप पनि दिने तालिका छ ।
यही कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड प्रदान गरिने र अवार्डका लागि इ-सेवा सँग सहकार्य गरेर भोटिङको व्यवस्था गरेकाे आयाेजकले जनाएको छ।
कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् । दोस्रो चरणको पत्रकार सम्मेलनमा साे बारे जानकारी दिइने बताईएकाे छ।कार्यक्रम पत्रकार सुशील पन्तले सहजीकरण गरेका थिए ।