गैंडाकोट । धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ । पर्वत, बाग्लुंगको रारायीकोट (राजराजेश्वरी देवीको तपोभूमि) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा पन्चश्री महायज्ञ हुने भएको छ । त्यहां गरिने यज्ञवाट त्यक्ष क्षेत्रको धार्मिक महत्वको प्रचार र समृद्धिमा ठुलो योगदान पुग्ने गाउपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।
एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले महायज्ञमा सबैको सकृय सहभागिताकालागि अध्यक्ष मल्लले आब्हान गरेका छन् । जल्जलाको कालन्जर पर्वतमा यज्ञ गरिदा पन्चकोटवाट हेलिकप्टरवाट तिर्थालु लगिने तैयारी समेत भएको छ ।
यज्ञ हुने स्थानमा अबलोकनकालागि सोमवार स्वामी कमलनयनाचार्यजी महाराजको टोली पर्वतको जल्जला गाउपालिकाको कालन्जर पर्वतमा हेलिकप्टरमा पुगेर स्थलगत अवलोकन गरेका छन् ।
मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको जल्जला गाउपालिकाका अध्यक्ष मल्लले बताए । त्रिवेणी, देबघाटधाम, गलेश्वर , पन्चकोट , कुंडुले , मुक्तिनाथ , भक्तपुर र अन्य स्थानमा अखण्ड स्वामी श्री च्यारीटेबल ट्रष्टले निःशुल्क संस्कृत बिद्यापिठहरु समेत संचालन गरेको छ । सबै बिद्यालयमा बिपन्न बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन ।



