×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उद्योग वाणिज्य संघ चितवनमा यसरी चुनिन्छन् २९ जना पदाधिकारी सहित कार्यसमिति


  •   सोमबार, फागुन ३०, २०७८
  • चितवन । उद्योग वाणिज्य संघ चितवनको निर्वाचन आज हुँदैछ । सर्वसम्मत अध्यक्षमा चयन भएका चुननारायण श्रेष्ठका अनुसार संघको पदाधिकारीमा निवर्तमान अध्यक्ष, अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्ष रहने व्यवस्था छ । तीन जना उपाध्यक्षमा वाणिज्यतर्फबाट, उद्योग र एसोसियट्स तथा वस्तुगतबाट एक एक जना निर्वाचित हुनेछन् ।

    Advertisement

    निर्वाचित यी तीन जना उपाध्यक्षलाई कार्यसमितिको पहिलो बैठकले प्रथम, द्धितीय र तृतीय तोकिदिने निर्णय गर्नेछ । यी पदमा उम्मेदवार दिनेहरुको वाणिज्यबाट आउनेको वाणिज्य सम्बन्धी फर्म हुनुपर्छ । त्यस्तै उद्योगवाट आउनेको उद्योग सम्बन्धी फर्म र एसोसियट तथा वस्तुगत तर्फ सम्वन्धीत व्यक्ति मतदाता लिष्टमा नाम र प्रतिनिधि हुनुपर्छ ।

    एसोसियट्स भन्नाले १ करोड बढी पुँजी भएको प्रालि संस्थाहरुलाई जनाउँदछ भने वस्तुगत भनेको विषयतगत जस्तै कपडा व्यवसायी, सुन, साइकल, हार्डवयर आदि ।

    यसरी ६ जना पदाधिकारी आउनेछन् भने कार्यसमिति सदस्यतर्फ ६ जना कार्यसमिति सदस्य उद्योगतर्फबाट, ६ जना वाणिज्यबाट, ४ जना बस्तुगतबाट, २ जना एसोसियट्सबाट, एक जना महिला,एक जना क्षेत्रीय सदस्य र तीन जना मनोनित गरिनेछ ।

    प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार दोस्रो पटक प्रकाशन गरिएको उम्मेदवारको नामावली अनुसार अध्यक्षमा चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ चिरन्जीवी सुवेदी निर्विरोध चयन भइसकेका छन् ।

    तर उपाध्यक्ष वाणिज्यमा एक जनाका लागि शंकर नेपाल र सिरिष पन्तवीच प्रतिस्पर्धा हुनेछ । एक जना उपाध्यक्ष कर्पोरेटतर्फ (एसोसियट्स) भोजराज कौडाल र राजेन्द्र ओली भीड्नेछन् ।

    कार्यसमिति सदस्य महिला तर्फ पूर्णीमा श्रेष्ठ निर्विरोध चयन भइसकेकी छन् भने कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फबाट पनि रेशमलाल आचार्य निर्विरोध चयन भएका छन् ।

    त्यस्तै दुई जना कर्पोरेटतर्फबाट पनि सर्वसम्मतरुपमा जीवन कुमार श्रेष्ठ र रजनी मास्के चयन भएका छन् । ६ जना सदस्य आवश्यक पर्ने उद्योग तर्फ पनि सर्वसम्मत चयन भइसकेका छन् । उम्मेदवार विज्ञानलाल श्रेष्ठले फिर्ता लिएसँगै यसतर्फका कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन् । जसमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिला बहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया छन् ।

    त्यस्तै वस्तुगतर्फबाट कार्यसमिति सदस्यका लागि ४ जना आवश्यक पर्नेमा सात जनाको उम्मेदवारी छ । गुणराज पौडेल, जनक पौडेल, डोलक प्रसाद पुडासैनी, प्रेम प्रसाद पाण्डे, रविन्द्रकुमार श्रेष्ठ, राजेन्द्र तिवारी र सन्तोषजनक भुषाल छन् ।

    वाणिज्यतर्फबाट पनि कार्यसमिति सदस्यमा ६ जना आवश्यक पर्छ तर १२ जनाको उम्मेदवारी परेकोमा सन्जय श्रेष्ठ र विकास थापाले फिर्ता लिएसँगै अन्यवाँकी चुनावी प्रतिस्पर्धामा छन् ।  विकास श्रेष्ठ, थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नरहरि घिमिरे, नारायण प्रधान, महादिप श्रेष्ठ, महेशराज भट्टराइ,राजन पिया र ज्ञानुप्रसाद न्यौपाने छन् ।

    निर्वाचनमा ३४३७ मतदाता सहभागी हुनेछन् । मतदानको कार्य अहिले विहान ८ बजेबाट सुरु भएर अपरान्ह पाँच बजे सकिनेछ । आज भएको मतदान भोलि विहान ८ बजेदेखि गन्न सुरु गरिनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.