चितवन। नेपाली काँग्रेस चितवनले पनि घरघर जाऔँ काँग्रेसलाई जिताऔँ अभियानको थालनी गरेको छ । आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर अभियान सुरु गरिएको हो । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो ।
केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत वडा , टोल तहसम्म पार्टी भित्र सौहादैता , उकता र उर्जा अभिबृद्धि गरेर विगतका राजैतिक र आर्थिकक उपलब्धि जनता माझ लैजाने बताइएको छ । चैत २९ गतेसम्म हरेक घरमा काँग्रेसका प्रतिनिधि पुग्नेछन् ।
अभियानमा आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मतदातालाई काँग्रेसको एजेण्डा वारे स्पष्ट पार्ने उदेश्य सहित लोकतन्त्रको रक्षाको लागी अभियान केन्द्रीत रहेको केन्द्रीय सदस्य अब्दुल सतारले बताए ।
कमलनगरमा रहेको पार्टी कार्यालयमा कार्यक्रम गरि अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा स्थानिय तहदेखी जिल्लाका नेताहरु सहभागी थिए । उनीहरुले आउँदो निर्वाचनमा काँग्रेसको रणनितिका लागी सुझाव दिएका थिए ।