×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चारजनालाई युवा पत्रकारिता पुरस्कार,राष्ट्रिय युवा प्रतिभाबाट भरतपुरका बोटे सम्मानित


  •   आइतबार, फागुन २९, २०७८
  • काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले वर्षेनी उपलब्ध गराउँदै आएको युवा पत्रकारिता पुरस्कार चारजनालाई आज प्रदान गरिएको छ ।
    नेपाल प्रेसका वरिष्ठ सम्वाददाता केशव भुल सहित पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।

    Advertisement

    पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुल सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८÷७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

    युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । गत वर्ष पत्रकार डोलराज रानाभाट सहित चार जनालाई यो पुरस्कार प्रदान गरिएको थियो ।
    यस्तै मन्त्रालयले १२ जना युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । जसमा भरतपुर १३ चितवनका सन्तोष वोटे, विरेन्द्रनगर १२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट ६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ एक कालिकाकोटका मंगल बहादुर विष्ट, सुन्दरबहजार ६ लमजुङका कुसुम केसी रहेका छन् ।

    यस्तै बकैया ४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली १६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर १ सुर्खेतका राज कुमारी पौडेल, शिवपुरी ४ नुवाकोटका राजाराम गुरुङ, रत्ननगर १५ चितवनका अशोक शर्मा र मालारानी ८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन् ।

    संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देशीय कृषि फर्म प्रालीे सम्मान प्राप्त गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.