तनहुँ । तनहुँको आँबुखैरेनी स्थित ऐनापहरा सडकमा भएको दुर्घटनामा मृत्यु हुनेहरु तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ बर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।
Advertisement
आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आउदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए ।