तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । आज दिउँसो पृथ्वी राजमार्गअन्तर्गत सो ठाउँमा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।
तिमध्ये टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।
दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको मात्र पहिचान खुलेको छ । मृतक मध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरी छन् । अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए । ‘बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।