×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

हुप्सेकोटमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ९० जना लाभान्वीत


  •   आइतबार, फागुन २९, २०७८
  • मिना कंडेल नवलपुर ।

    Advertisement

    राधा क्यान्सर सचेतना फाउन्डेसनको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ९० जना लाभान्वीत भएका छन् । हुप्सेकोट ४ शंखदेवको शिक्षा बोधनी माविमा भएको एक दिवसिय निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण र दन्त परिक्षण गरिएको थियो ।

    स्वास्थ्य नै ठुलो धन भएकाले स्वास्थ्य रहनु आवश्यक रहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेले बताइन् । निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष पाण्डेले मानिस स्वस्थ रहेमा मात्र उसले राम्रो र उर्जाशिल कार्य गर्न सक्ने बताएकी हुन् । स्थानीय स्तरमा निःशुल्क स्वास्थ्य परिक्षण गर्नु राम्रो कार्य भन्दै राधा क्यान्सर सचेतना फाउन्डेसन प्रति आभार प्रकट गर्दै आउने दिनमा सामाजिक कार्यमा गाउपालिकाले सहकार्य गर्ने उनको भनाई थियो।

    कार्यक्रममा शिक्षा बोधनी मावि का विधालय व्यवस्थापन समितिका अध्यक्ष स्याम प्रसाद भुर्तेलले गाउपालिकाका सवै ठाउमा यसरी शिविर गर्न आवश्यक रहेको बताए ।

    स्थानीयको स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरूको स्वास्थ्यमा ध्यान पुगोस भन्ने उद्देश्यले शिविर संचालन गरिएको राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश वस्यालले बताए। स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली सहित शिविर सञ्चालन गरेकोमा स्थानीय पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएको थियो भने निःशुल्क औषधि समेत दिइएको थियो ।

    शिविरमा प्रसुतिरोग विशेषज्ञ डा. केशबराज भुर्तेल , बालरोग विशेषज्ञ डाक्टर सुमनराम श्रेष्ठ –स्त्रीरोग विशेषज्ञ डाक्टर रमेश पौडेल, फिजिसियन डाक्टर प्रतिक न्यापाने ,संगम पौडेल ,विवेक रेग्मी मेडिकल अफिसर, डाक्टर दिपेन्द्र चापागाइ ,सुसिता अधिकारी, ओम डन्टलका चिरन तिवारी, मौलाकालिका अस्पतालका सस्थापक लगाएतका चिकित्कसहरूले स्वास्थ्य परीक्षण गरेका थिए । राधा क्यान्सर सचेतना फाउन्डेसनको आयोजना तथा श्री शिक्षा बोधनी मा.वि. शंखदेवको ब्यवस्थापन र मौलाकालिका अस्पताल चितवन र ओम डेन्टल कावासोतीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.