चितवन । मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रदेश २–०३–००२ प ५९८६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा दुर्घटना भएको हो ।
चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीका अनुसार मोटरसाइकल चालक ईच्छाकामना २ बस्ने वर्ष ३४ क नविन गुरुङ,पछाडी सवार वडानम्वर ३ बस्ने वर्ष ३० की तृकी भन्ने प्रतिभा गुरुङ र प्रतिभा गुरुङ को छोरा ५ वर्षीय आरोन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल ईच्छाकानमा २ रमाईलो डाँडा बाट शक्तिखोर तर्फ आउदै गरेको थियो । सडकबाट करिव ३००/४०० मिटर तल खसी दुर्घट्ना भएको प्रहरील जनाएको छ ।
दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी जुटपानी र इलाका प्रहरी कार्यालय टाडीबाट प्रहरी टोली पुगेर शवको जाँच मुचुल्का तयार गरी सडक पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याइएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।