×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस चितवनको नयाँ कार्यसमितिद्वारा पदस्थापना सम्पन्न


  •   शुक्रबार, फागुन २७, २०७८
  • चितवन । नेपाली काँग्रेस चितवनको नयाँ कार्यसमितिको पदस्थापना गराइएको छ । महामन्त्री गगनकुमार थापा प्रमुख अतिथि रहेर नयाँ नेतृत्वको सभापति राजेश्वर खनाललाई निवर्तमान सभापति जित नारायण श्रेष्ठले माइन्यूट हस्तान्तरण सहित पदस्थापना गराएका हुन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगनकुमार थापाले अव काँग्रेसले टोललाई सक्रिय बनाउन आवश्यक भएको बताए । काँग्रेस चितवनको नयाँ नेतृत्वलाई पनि टोलटोलमा पुगेर क्रियाशील सदस्य बढाउन र चलायमान बनाउन सुझाव दिए ।
    चितवनमा समानुपातिकतर्फ २० हजार क्रियाशील भएपनि ८१ हजार मत पाएको भन्दै अव यसलाइ बढाउन सक्रिय भइ लाग्न आग्रह गरे । क्रियाशील सदस्य र काँग्रेसको समर्थकलाई गर्ने व्यवहार फरक गर्नुपर्ने र सोही अनुसार काँग्रेस तयार भई चितवनमा मात्रै करिव १ लाख मत ल्याउनुपर्ने बताए । समर्थकलाई बढाउन सार्वजनिक मुद्दा गम्भिररुपमा उठान गर्न आह्वान गरे । नेतृत्व र पार्टीको इमेज राम्रो गराउनको उनको सुझाव थियो ।
    कार्यक्रममा बोल्दै निवर्तमान सभापति जीतनारायण श्रेष्ठले चितवन काँग्रेसले रुखबाहेक अन्त भोट नहाल्ने बताए । गठवन्धन गर्दैगर्दा चितवन काँग्रेसको भावना विपरीत कदम नचाल्न आग्रह गरे ।
    कार्यक्रममा बोल्दै सभपातिका प्रत्यासी देखि केन्द्रीय सदस्यहरुले चितवनका सातवटै स्थानीय तहमा काँग्रेसका उम्मेदवार जिताउनुपर्ने र त्यसका लागि पनि दोस्रो चरणमा राजेश्वर खनाल नेतृत्वलाई समर्थन गरेको बताएका थिए । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङले गठवन्धन आवश्यकताको आधारमा गर्दा आपत्ती नभएको तर चितवन काँग्रेसीलाई वारम्वार पेल्दै रुख चिन्हवाहेक अन्यमा पटक पटक मत हाल्न लगाउने केन्द्र नेतृत्वको निर्णय भए स्वीकार्य नहुने बताए ।
    कार्यक्रममा निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले निर्वाचित पदाधिकारी तथा महासमिति, महाधिवेशन प्रतिनिधि सवैको नाम पढेर निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।
    चितवन काँग्रेसको सभापतिमा राजेश्वर खनाल, उप–सभापतीमा शालिग्राम शर्मा पौडेल र राजीव न्यौपाने, सचिवमा सूर्य अर्याल र ध्रुब पोखरेल, सह–सचिवमा गोपाल दराई, दिनेश अधिकारी निर्वाचित भएका थिए ।
    त्यस्तै सदस्यहरुमा भरतपुर महानगर तर्फबाट कमला दवाडी,
    पबित्रा केसी,शारदा पौडेल,अनमोल अधिकारी, चेवन श्रेष्ठ,डा. बासुराज पाण्डे, अनुप कोइराला निर्वाचित भएका थिए ।
    राप्ती नगरपालितर्फबाट बिजया आचार्य,शिवराज उप्रेती,तेज बहादुर तामाङ्ग त्यस्तै खैरहनी नगरपालिकातर्फ शोभा पाठक, देवि प्रसाद न्यौपाने,हरि प्रसाद सापकोटा , कालिका नगरपालिकातर्फबाट ज्ञानुमाया गोले,कृष्ण बहादुर घिमिरे, दुर्गा बहादुर गुरुङ्ग, रत्ननगरतर्फबाट सिता रिजाल,तेजेन्द्र कुवर,अजय महत सोनम, माडी नगरपालिकातर्फबाट शुक्रमिया महतो, शालिग्राम पौडेल, भिष्म अधिकारी र इच्छाकामना गाउँपालिबाट शाबित्री पुडासैनी, माधव घिमिरे निर्वाचित भएका छन् ।
    खस आर्यतर्फबाट सुमित्रा अधिकारी, कलावती भट्टराई,निर्मला ढकाल,डा. देवी प्रसाद कण्डेल,गोविन्द कोइराला, चिन्तामणि सापकोटा, जगन्नाथ न्यौपाने, जनजातितर्फ अमर बहादुर तामाङ्ग,
    बुद्दिमान गुरुङ्ग, किरण लामा, राममाया गुरुङ्ग,मिना गुरुङ्ग, राममाया पिया, थारुतर्फ रिता चौधरी, बिश्राम महतो, दलिततर्फ केशरी माया सुनार र अल्पसंख्यकतर्फबाट बिष्णु बहादुर भुजेल निर्वाचित भएका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.