चितवन । चेकमा नक्कली दस्तखत गरि ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारिका अनुसार कालिका नगरपालिका १ बस्ने वर्ष ३६ का उज्जवल कुँवर र मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न. ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदिप कार्की पक्राउ परेका हुन् ।
उनीहरुले रत्ननगर नगरपालिका १ सौराहारोड स्थित न्यू लक्ष्मी ईन्टरप्राइजेजका संचालक कृष्ण प्रसाद तिवारीसँग गत माघ १४ गते चार लाख अडसठ्ठी हजार चार पैतिस बराबरको रड खरिद गरी सो वापतमा अन्यव्यक्तिको चेकमा नक्कली दस्तखत गरि भुक्तानी गरेका थिए ।
ठगी गरी फरार रहेका उनीहरुलाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप भई अनुसन्धान भईरहेको अधिकारीले जानकारी दिए ।