×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आर्थिक अपराध र राजश्व चुहावट रोक्न चितवनमा सचेतना कार्यक्रम सम्पन्न


  •   बिहिबार, फागुन २६, २०७८
  • चितवन । राजश्व चुहावट र आर्थिक अपराध रोक्न चितवनमा सचेतना सहित अन्तरक्रिया कार्यक्रम गरिएको छ। राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरको आयोजनामा चितवन उद्योग वाणिज्यसंघमा कार्यक्रम भएको हो।

    Advertisement

    कार्यक्रममा बोल्दै विभागका निर्देशक मुक्तिराम अर्यालले राजश्व चुहावट नियन्त्रण मुख्य उद्देश्य राखेर राजश्वसंग सम्बन्धित ऐन, कनुन र पछिल्लो अवस्थाबारे जानकारी दिंदै कार्यक्रम गरिरहेको बताए। एैन नजानेर धेरै गल्तीहरु भइरहेको भन्दै राजश्व र विदेशी विनिमयवारे जानकारी गराई अवैध गतिविधि हुन नदिन कार्यक्रम गरिरहेको उनको भनाई थियो । यस अघि पुष १६ गते पोखरामा सम्पन्न भइसकेको र अव विरजञ्जमा भोलि कार्यक्रम गर्ने उनले बताए ।

    अहिलेपनि राजश्व अनुसन्धान विभागले चालु आर्थिक वर्षको माघसम्म राजश्व छलीका ४७ वटा मुद्दा दर्ता गरेर १४३ प्रतिवादी संग ४ अर्ब ९९ करोड विगो माग दावी गरिएको उनले बताए । त्यस्तै विदेशी विनिमयतर्फ २६ वटा मुद्दा दर्ता गरेर ४४ प्रतिवादीसंग ८ करोड बढी माग दावी गरिएको बताए ।

    राजश्व अनुसन्धान विभागको उद्देश्य मुद्दा चलाउने र अदालती प्रकृयाबाट रकम असुलउपर गर्नुभन्दा प्रचलित कानुनको कार्यान्वयन र यसको ज्ञान दिएर आर्थिक अपराध, राजश्व छली रोक्ने रहेको उनको भनाई थियो ।
    कार्यक्रममा मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भीसीटिएसका बारेमा जानकारी दिंदै विभागका कम्प्युटर अधिकृत पवन वस्नेतले सरल र सहज बनाउदै यो प्रणालीको लागू प्रभावकारी देखिएको बताए । ईन्टरनेट लगायतका समस्याले कहिलेकाहीँ प्रणालीमा समस्या हुने बताउदै सुधारको काम भइरहेको जानकारी दिए । अहिले मोवाईलबाट क्युआरकोड प्रयोगगरि प्रणाली संचालन गर्न सकिने उनको भनाई थियो।
    कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले सरोकारवालाहरुको सुझावलाई सरकारसमक्ष पुर्याउन आग्रह गरे । भएका ऐन नियम समसामयिक गराउन आवश्यक रहेको भन्दै अझ बढी सचेतनाका कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भएका ऐन नियम राम्रोसँग पालना भएमात्रैपनि देशको अर्थतन्त्रमा राजश्वले ठूलो सहयोग पुर्याउने बताए । तर भन्सारका कर्मचारी र व्यापारीको स्वार्थले प्रणाली संस्थागत हुन नसकेको बताए । आफू पर्सा र रुपन्देही हुँदा सुधारका लागि पहल गरेको भन्दै सचेतना कार्यक्रमले चुहावट रोक्न थप सहयोग गर्ने बताए ।

    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष (हाल निर्विरोध अध्यक्ष) चुुननारायण श्रेष्ठले विज्ञापन कर ठेकेदारले नभई स्थानीय सरकारले उठाउनुपर्ने बताए । ठेकेदारले उठाउँदा व्यवसायी समस्यामा परेको बताउँदै व्यापार व्यवसाय संचालनका लागि एक जनाले कानुनको थुप्रो पारगर्नुपर्ने वाध्यता रहेको भन्दै सवैलाई समेटर एउटा कानुन बनाएर सहज बनाउन सुझाव दिए ।

    कार्यक्रममा चितवन, मकवानपुर र नवलपुरका उद्योगी, व्यवसायीको साथै जिल्ला स्तरीय राजश्व चुहावट अनुगमत समितिका पदाधिकारी लगायतको सहभागीता थियो । कार्यक्रममा उठेका सुझावलाई सरकार समक्ष पुर्याउने कार्यक्रमका अध्यक्ष एवम् विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद पाण्डेको भनाई थियो ।
    कार्यक्रमको सहजीकरण विभागका कर्मचारी मधु भट्टराई गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.