×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

२८ गतेदेखी ट्रक ब्यवसायीले ढुवानी बन्द गर्ने, माग सम्वोधन गर्न सरकारलाई ज्ञापन पत्र


  •   बुधबार, फागुन २५, २०७८
  • चितवन । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्दिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले पटक पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको तर विगत ६ वर्षदेखी ढुवानी भाडा नबढाएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।
    धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् । यहि फाल्गुन २१ गते पहिलो चरणको आदोलन थालेको र यहि २८ गते भित्र आफुहरुको माग सम्बोधन नभए २९ गते देखी देशैभरीका व्यवसायीले आफनो ट्रक घरमै थन्काएर अनिश्चितकाल सम्म आन्दोलन गर्ने व्यवसायी केसीले बताए ।

    Advertisement

    ज्ञापन पत्र बुझदै चितवनका प्रमुख जिल्ला अधिकारी तामाङले व्यवसायीका समस्या सम्बोधनमा आफूहरुले पहल गर्ने र ज्ञापन पत्र गृह मन्त्रालयमा पठाउने बताए ।ढुवानी भाडा बिगतको भन्दा कम्तिमा पनि २० प्रतिशत बढाईनु पर्ने,नेपालको सडकलाई पहाडी ,मध्य पहाडी र तराई गरी ३ भागमा बिभाजन गरी किलोमिटरको आधारमा भाडा तय गर्नु पर्ने, भाडा तय गर्दा आन्दोलनरत व्यवसायीको प्रतिनिधित्व हुनु पर्ने, बिदेशी मालबाहक सवारीको सामान नेपाली भन्सारमा पल्टि गरी नेपाली सवारी साधन मार्फत ढुवानी गराउनु पर्ने, नेपालको बोडर देखी नेपाल तर्फ १५ किलोमिटर सम्म मात्रै भारतिय सवारीलाई प्रवेश दिईनु पर्ने माग उनिहरुको छ ।सडकका धर्मकाटाहरु राज्यको मातहतमा राखिनु पर्ने, प्रत्यक काटामा क्यामरा जडान गरी निगरानी गर्नु पर्ने, गल्ती भेटिए ट्राफिक प्रहरीलाई निलम्बन गर्नु पर्ने, क्षमता भन्दा बढि सामान बोकेर आउने भारतिय साबरीसाधनको सामान जफत गरी कारबार्ही गर्नु पर्ने माग पनि राखेका छन् । भारतमा भन्दा नेपालमा पेटोलियम पदार्थ सस्तो भएकाले भारतिय मालबाहक सवारीले ३ वटा सम्म डिजल टंकी बोकेर आएर भारत फकर्दा नेपाली तेल फुल गरेर फकर्ने गरेकाले त्यसलाई रोकेर आयल निगमलाई व्यापार घाटा हुनबाट जोगाउनु पर्ने पनि आफूहरुको माग रहेको ब्यवसायी दिपेश हमाल बताउछन् ।
    आफुहरुका माग राष्ट्रियतासंग पनि जोडिएको र मागहरु पुरा गराउन राज्यलाई ठुलै दबाव दिनु पर्ने भएकाले यो आन्दोलनमा सहभागी भई साथ र सहयोग गर्न सबै ब्यवसायीलाई केसीको आग्रह छ । अब घर,खेत र गहना बेचेर व्यवसाय गर्न नसकिने भन्दै यो वार की पारको लडाई भएको ब्यवसायी सुसिल पाठकले बताए ।
    भारतीय मालबाहक सवारी साधनको दादागिरीका कारण नेपाली ढुवानी ब्यवसायी ठूलो मारमा परेको ब्यवसायी सागर रानाभाटले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.