चितवन । उद्योग वाणिज्य संघ चितवनकाे नयां नेतृत्वका लागि चुननारायण श्रेष्ठकाे समूहले उम्मेदवारी घाेषणा गरेकाे छ ।
पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका लागि चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ,उपाध्यक्षमा चिरञ्जीवी सुवेदी,भाेजराज काैडाल र शंकर नेपालले उम्मेदवारी घाेषणा गरेका हुन् ।
आफूहरुकाे समूहनै सम्पूर्ण व्यवसायीहरुकाे साझा भएकाे भन्दै जित सुनिश्चित रहेकाे दावी गरे । कुनै पनि राजनीति वा निश्चित समूह नभई साझा प्यानल बनाएको बताए । तर पनि उम्मेदवारी दिने सवैमा छुट भएकाले अन्यकाे पनि उम्मेदवारी पर्न सक्ने र अन्त्यमा आफूहरुकै टिमलाई सहयाेग मिल्ने बताए ।
लामाे समयसम्म संस्थाकाे विभिन्न पदमा बसेर काम गरेकाले अनुभवी समूह भएकाले अधिवेशनमा मत दिएर जिताउन समेत अपील गरिएकाे छ ।
अधिवेशनले २९ सदस्यीय समिति चयन गर्नेछ जसमा ६ जना पदाधिकारी हुनेछन् ।
२०१४ सालमा स्थापना भएकाे उद्योग वाणिज्य संघ चितवनमा ३४ सय ३७ जना मतदता रहेका छन्
नयां कार्यसमितिका लागि आज १२ देखि ३ बजेसम्म मनाेनयनकाे प्रकृया सुरु भएर ३ देखि सांझ ५ बजेसम्म मनाेनयन दर्ता गर्ने तालिका रहेकाे छ । नयां समितिकाे अवधि २ वर्षको हुनेछ । चुनाव फागुन ३० गते हुनेछ ।
सामूहिक कार्य, सकारात्मक सोच, सहकार्य र आपसी समझदारीबाट नै नेतृत्व चयन हुनुपर्दछ भन्ने मान्यता र संघका अग्रज, पूर्वअध्यक्षज्य र वर्तमान नेतृत्वबाट प्राप्त राय, सुझाव र मार्ग निर्देशन, आम उद्योगी व्यवसायीको चाहना बमोजिम यो उम्मेदवारी प्रस्तुत गरेकाे उनीहरुकाे दावी थियाे ।
व्यवसायिक हक हितको संरक्षण गर्ने, नीतिगत तहमा बहस पैरवी गर्ने र समग्र चितवनको सामाजिक आर्थिक विकासको खाका तयार एवम् पैरवी गर्ने गरी अगाडि बढ्ने बचनवद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।



