×
आइतबार, कार्तिक १६, २०८३
☰
आइतबार, कार्तिक १६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सकियो रत्ननगर महोत्सव


  •   बुधबार, फागुन २५, २०७८
  • चितवन । टिकौली चउरमा फागुन १५ देखि सुरु भएको रत्ननगर महोत्सव सकिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना र नगरपालिकाको संरक्षणमा भएको महोत्सवमा अत्यधिक दर्शक आएपछि एक दिन थप गरिएको थियो ।
    आयोजकका अनुसार फागुन २३ गते अन्तिम भनिएपनि अन्तराष्ट्रिय नारी दिवस फागुन २४ सम्म महोत्सव गरिएको हो । नारी दिवसका अवसरमा महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था थियो ।
    उद्घाटनको संघारमा कोभिड महामारीको जोखिमका कारण रोकिनुपर्दाको पीडाका बीच सुरु भएर महोत्सव सफलतापूर्वक सम्पन्न भएको मूल आयोजक समितिका अध्यक्ष अनिलकुष्ण श्रेष्ठको भनाई थियो ।

    Advertisement

    आर्थिक कारोबार, अवलोकनकर्ता र स्थानीय उत्पादनको पर्वद्धनका क्षेत्रमा महोत्सव पूर्णरूपमा सफल भएको संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले बताए ।

    महोत्सवमा करिब तीन लाखले अवलोकन गरेको र १५ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको उनले जानकारीदिए । महोत्सवको अन्तिम दिन मंगलबारमात्र ५० हजारले अवलोकन गरेका थिए ।

    मंगलबार कुल संख्याको ८० प्रतिशत महिलाले अवलोकन गरेका थिए । कोरोनाले थलिएको जिल्लाको अर्थतन्त्रलाई पुनर्जीवन दिने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ४२५ वटा स्टलहरु रहेको थियो । महोत्सव समापन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद् कन्चन खनालले संघको स्मारिका विमोचन गरेकी छन् ।

    कार्यक्रममा महोत्सवअन्तर्गत आयोजना गरिएको जगतकृष्ण प्रजापति स्मृति विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा भलिबल प्रतियोगितामा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ । कृषितर्फ उत्कृष्ट उत्पादन तथा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।

    कार्यक्रमकी प्रमुख अतिथि खनालले रत्ननगरमा आयोजना गरिएको महोत्सवले समग्र जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराएको बताइन् । मेयर नारायण वनले रत्ननगर महोत्सवले आर्थिक विकाससँगै चितवनमा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्‍याएको बताए ।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनाल, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक जुली भट्टलगायतले मन्तव्य राखेका थिए ।
    समापन कार्यक्रम संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.