गैँडाकोट । अर्काको चरित्रहत्या गरेको आरोपमा एक युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार सीइएलइवी नेपाल नामक युटुव च्यानलका राहुल थापा पक्राउ परेका हुन् ।
Advertisement
गुल्मी जिल्ला भनभने ९ स्थायी घर भई हाल बुटवल १३ रुपन्देही अस्थायी बसोवास गर्ने वर्ष २१ का उनले उक्त च्यानल मार्फत पीडितको मानमर्दन चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुर आरोपमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमित लिई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको अर्यालले बताए ।