नवलपरासी । पश्चिम नवलपरासीमा दुई लाश फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गण्डक नहरमा ती लाश फेला परेको हो । दुवै वटा लाशको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।
विहान प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र (पावर हाउस) नजिकै गण्डक नहरमा ४०/४५ बर्षका ५.६ फिट उचाई भएको,कालोमा धर्के भएको फुल सर्ट, क्रिम कलरको पाईन्ट लगाएको पुरुष ब्यक्ती र सोही पावर हाउको पुर्व पट्टी रहेको गण्डक नहरमा २५/३० बर्षको, अन्दाजी ५.७ फिट उचाई भएको, निलो रंगको कटनको पाईन्ट लगाएको गरी दुईवटा मृत लास फेला परेको हो ।
दुबै मृतकको हालसम्म पहिचान खुल्न नसकेको र हुलियासंग मिल्ने कोही कसैको आफन्त वा चिनेजानेको व्यक्ति हराएको भए प्रहरीको हटलाईन १००, कन्ट्रोल रुम ९८५७०४५४०३ मा सम्पर्क राख्न अनुरोध गरिउको छ ।
प्रहरीका अनुसार दुबै लाश पानीबाट निकाली पोष्टमार्टमको लागि पृथ्विचन्द्र अस्पताल परासीमा राखिएको छ ।