चितवन । शिशुलाई जन्म दिएर हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार कालिका १० बस्ने अन्दाजी वर्ष २१ कि मन्जु चेपाङ पक्राउ परेकी हुन् ।
फागुन १९ गते दिनको चार बजेतिर कालिका १० टुडीखेलमा सालनाल सहितको नवजात शिशु (बालक) मृत अबस्थामा फेला परेको भन्ने सुचनाको आधारमा प्रहरी खटिएको थियो ।
प्रहरीले अनुसन्धान गर्दा जन्म दिई मारी फालेको खुल्न आएपछि चेपाङलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्धामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको अधिकारीले बताए ।
Advertisement