चितवन । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लब अफ भरतपुरले एक बिद्यालयलाई कम्प्युटर तथा स्टेसनरी सहयोग गरेको छ । देवचुली नगरपालिकाको वडा नम्बर १२, गैंडीमा अबस्थित दिब्यज्योती आधारभूत बिद्यालयलाई २ थान कम्प्युटर तथा अती बिपन्न अनी जेहन्दार ४५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
देवचुली नगरपालिका १२ का वडाध्यक्ष दिनानाथ भुसाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष बाल गोपाल चुके, लायन्स क्लब अफ नारायणगढ बालकुमारीकै पुर्व अध्यक्ष द्वय इश्वर कुमार राजभण्डारी र अभिमन्यु श्रेष्ठ तथा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली बिशेष अतिथी रहेका थिए ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिद्यालयलाई प्रबिधी मैत्री शिक्षाका लागि सहयोग गरिएको हो ।