चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणमा भएको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज दोस्रो चरणको मतदान हुने भनिएको थियो तर प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन गरे संगै उनी निर्विरोध निर्बाचित भएका हुन् ।
दोस्रो चरणको निर्वाचन हुनुअघि राजेश्वर खनालले चितवन उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलनको आयोजना गरी आफूलाई समर्थन गर्न आहवान गरेका थिए । जनमत हेरेर पनि समर्थन गर्न आह्वान गर्दै पुन जनप्रतिनिधिलाई दुख नदिन भनेका थिए।
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । १०९ मत बदर भएको थियो ।
पत्रकार सम्मेलनमा उत्तम जोशी र डा. सूर्यकान्त घिमिरेले राजेश्वर खनाललाई समर्थन गरेका थिए ।