×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

निस्सा बाँडेर जनता झुक्याँइदै छ : पूर्वमन्त्री विक्रम पाण्डेको आह्वान


  •   शनिबार, फागुन २१, २०७८
  • चितवन । राष्ट्रिय प्रजातन्त्रका पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको आरोप लगाएका छन् । भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित बृहत नगरभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लालपुर्जा दिन सरकार असफल बनेको दाबी गरे ।

    Advertisement

    “चुनावमा घरघर लालपुर्जा दिन्छु भने, अहिल निस्सा बाँड्दै हिडेका छन्”, उनले भने, “आयोगको छापविनाको निस्सा बाँडेर जनतालाई झुक्याउने कामको खबरदारी गरौँ ।” भूमिहिन तथा सुकुम्बासीलाई चुनाव जितेर गएपछि बिर्सिएकाहरुले चुनावको मुखमा निस्सा बाँड्दै हिड्न थालेको जीकिर गरे । “लालपुर्जा वितरण गरौँ, भूमीको स्वामित्व दिन लाग्नुपर्छ”, उनले भने , “बसिरहेको घर तथा जग्गाको निस्सा अर्थात चिटले समस्या हल हुदैन ।”

    वन तथा भूमिसुधार पूर्वमन्त्री समेत रहेका उनले एमसीसी सम्झौता अनुमोदन गर्दा गरिएको व्याख्यात्मक टिप्पणी अर्थहिन भएको बताए। दुई देशबीच भएको सम्झौता एकतर्फि निर्णय गरेर संसोधन गरिएको भनेर जनतामा भ्रम छर्ने काम भएको बताए ।

    ठुला दलहरु सम्पत्ति हिनामिना गर्दा, देश बेच्दा दलहरु एक ढिक्का बन्ने गरेको एमसीसी अनुमोदन गर्दा देखिएको बताए । देश बेच्नेहरुलाई परास्त गर्न राष्ट्रवादी शक्तिहरु एकहुनुपर्नेमा जोड दिए। “युक्रेनमा रुसले आक्रमण गर्दा राष्ट्रवादी शक्तिहरुले प्रतिवाद गरेजस्तै देश बेच्नेहरुलाई देशबाटै लखेट्नुपर्छ”, पूर्वमन्त्री पाण्डेले भने, “देश बचाउन सबै एकजुट बनौँ ।” राप्रपा भरतपुर महानगर कमिटिले आयोजना गरेको नगरभेलामा अन्य परित्याग गरेर आउनेहरुलाई पार्टी प्रवेश गराइएको छ । आज ५ सय ७० जना राप्रपा प्रवेश गरेका छन् । केही महिना यता राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.