चितवन । चितवनको टिकौली चउरमा जारी रत्ननगर महोत्सव २०७८ एक दिन थप गरिएको छ ।
Advertisement
रत्ननगर उद्योगवाणिज्य संघको आयोजनामा फागुन १५ देखि सुरु भएको महोत्सवमा दर्शकहरु थपिदै गएका छन् ।
फागुन २३ गते अन्तिम दिन भनिएपनि फागुन २४ गतेसम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।
२४ गते अन्तराष्ट्रिय नारि दिवस समेत परेकाले सो १ दिनका लागि महोत्सव थपिएको हो ।
महोत्सवमा ४२५ स्टल रहेका छन् । ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।