गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले ड्राइभिङ तालिम लिएर स्वरोजगार बन्न सकिने कार्यक्रम ल्याएको छ । वडाभित्रका गरिव विपन्नलाई आत्मनिर्भर गराउन सिपमूलक ड्राइभिङ तालिमको आयोजना गरिएको वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिए ।
आफूहरु निर्वाचित भएर आउँदा वडाभित्रका स्थानीयलाई सिप दिएर स्वरोजगार गराउने अभियान थाल्ने बताएअनुसार यो कार्यक्रम गर्न लागिएको उनको भनाई छ । हातमा सिप भए दैनिकी संचालनमा कठिनाई नहुने भन्दै वडाभित्र स्थायी बसोबास गर्नुहुने गरिब,विपन्न बर्गका १६ बर्ष उमेर पुरा भएर ३५वर्ष ननाघेका युवाहरुलाई निवेदन पेश गर्न उनको आग्रह छ ।
अहिले १६ जनालाई मात्रै यो तालिम दिने वडाअध्यक्ष कडेँलले बताए । युवालाई स्वरोजगार गराउने मुख्य अभियान अनुसार तालिम दिन लागिएको उनको भनाई छ ।
फागुन २३ भित्र निवेदन दिन आह्वान गरिएको छ भने तालिम सिकाउन इच्छुक मापदण्ड पुगेका ड्राइभिङ इन्स्टीच्यूटलाई पनि वडामा निवेदन पेश गर्न आह्वान गरिएको छ।
पूर्ण सूचना यस अनलाइनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।