चितवन । नारायणी नदीमा पौडी खेलेका दुई बालकको मृत्यु भएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार भरतपुर ७ बिकाशचोकका १० वर्षीय बिदान गौतम र हाल नामथर वतन नखुलेको ११/१२ वर्षीय बालकको मृत्यु भएको हो ।
उनीहरु दिउसो दुई बजेतिर भरतपुर ३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा डुबेको अबस्थामा स्थानियले उद्दार गरेका थिए ।
उपचारको लागि भरतपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए ।
अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।