चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २९ का जनतालाई निस्सा वितरण गरिएको छ । लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिए । हालसम्म वडानम्वर २, ६, ११, १२, १३, १४, २१, २४ र २९ गरि ९ वटा वडामा निस्सा वितरणसगैँ जग्गा नाँपचाँज गरि सकेको तिमिल्सिनाले जानकारी दिए ।
आज भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, वडा नम्वर २९ का अध्यक्ष मानबहादुर मगरले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसँगै जग्गाको नापजाँच सुरु गरेका थिए ।
आयोगका अनुसार यहाँ ११ सय ६० जना बढीलाई निस्सा प्रदान गरिएको छ । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । गत १८ गते भरतपुरको वडा नम्बर १४ बाट निस्सा कागज वितरण काम सुरु भएको थियो ।
चितवनको भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।