चितवन,फागुन १८ । गण्डकी प्रदेश सरकारले क्यान्सर राेग लागेका महिलाहरुलाई उपचार खर्चवापत ५० हजार दिने भएकाे छ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र बि पि काेईराला मेमाेरियल क्यान्सर असपताल भरतपुर बिच आज सम्झाैता भएकाे छ।
गण्डकी प्रदेशमा स्थाई ठेगाना भएका महिला हरुकाे प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा प्रति बिरामि रु५० हजार थप रकम अस्पताललाई उपलब्ध गराउने गरि सम्झाैता भएकाे हाे ।
सम्झौता पत्रमा क्यान्सर असपतालका निर्देशक डा देज कुमार गाैतम र स्वास्थ तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश सचिब डा श्रीराम तिवारीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा अस्पतालका उप निर्देशक डा कृण्णसागर शर्मा , स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईकाे उपस्थिति रहेकाे थियाे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेलले केही समय पहिला नवलपुर आउदा क्यान्सर राेग लागेमा उपचार गर्न सहयाेग पुग्ने निर्णय गर्ने बताउदै आएका थिय। आफूले बाेलेकाे कुरा उनले पूरा गरेका छन् ।



