चितवन । चितवन जिल्ला खेलकुद विकास समिति भरतपुरको आयोजनामा राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद नारा सहित भलिवल प्रतियोगिता जारी रहेको छ ।
प्रदेश खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता २०७८ अन्तर्गत भलिबल प्रतियोगिताका खेलहरु जारी रहेका हुन् ।
जिल्लाका सात वटा पालिका मध्ये ६ वटाले प्रतिस्पर्धामा भाग लिएका छन् । भलिवल कोच उमा गुरुङका अनुसार आज भएको खेलमा भरतपुर महानगरपालिका,राप्ती नगरपालिका,खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिका विजयी भएका छन् ।
राप्ती नगरपालिका र खैरहनी नगरपालिका वीच भएको खेलमा राप्तीले २ र खैरहनीले १ अंक मात्रै ल्याउन सक्यो । त्यस्तै भरतपुर महानगरपालिका र कालिका नगरपालिकाबीचको खेलमा भरपुरले २ र कालिकाले ० अंक ल्यायो ।
इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाबीच भएको खेलमा इच्छाकामनाले २ र कालिकाले १, माडी नगरपालिका र राप्तीबीच भएको खेलमा राप्तीले २ र माडीले ० अंक ल्याएको छ ।
त्यस्तै भरतपुर र इच्छाकामनाबीच भएको खेलमा भरतपुु २ र इच्छाकामानाले ० अंक ल्याए भने माडी र खैरहनीवीचमा खैरहनीले २ र माडीले ० अंक ल्यायो ।
भोलि ए पोलको वीनर र वि पोलको रनरवीच तथा ए पोलको रनर र वि पोलको वीनरवीच सेमिफाइनल हुनेछ । पुन विजयी हुने दुइ टिमवीच फाइनल प्रतिस्पर्धा हुनेछ । कोच गुरुङका अनुसार फाइनलमा विजयी हुने टिमनै प्रदेशमा खेल्न जानेछ । यहाँ भने प्रमाणपत्र मात्रै प्रदान गरिनेछ ।
ए पोलमा भरतपुर महानगरपालिका,कालिका नगरपालिकार र इच्छाकामना गाउँपालिका छन् भने बी पोलमा राप्ती,माडी र खैरहनी रहेका छन् ।