चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन दुइ दिन हुने भएको छ । यही फागुन १९ र २० गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ । अधिवेशन नारायणी कला मन्दिर नारायणगढ चितवनमा हुने भएको छ ।
जिल्ला सभापति जित नारायण श्रेष्ठका अनुसार दुई दिनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
पहिलो दिन फागुन १९ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, ८ देखि १ बजेसम्म उम्मेदवारको लागि दर्खास्त दिने, साँढे १ बजे उमेदवारको प्रथम नामावली प्रकाशन, २ बजेसम्म उमेदवारको दर्खास्तमा दावी विरोध, दिउँसो २ बजेर ११५मिनेटमा दावी विरोध उपर जाँचबुझ गरी उमेदवारहरुको दोस्रो नामावली प्रकाशन, साँढे ३ बजेसम्म उमेदवारहरुको नाम फिर्ता लिने, दिउसो ४ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
फागुन २० गते बिहान ९ देखि ५ बजेसम्म मतदान, त्यसपछि मत गणना सम्पन्न गरेर निर्वाचन परिणामको घोषणा गर्ने गरी तालिका सार्वजनिक गरिएको हो ।