गैंडाकोट । सुर्यभक्त पतनादेवी मेमोरियल कलेज गैंडाकोट २ मा आयोजित अन्तर मा.बि छात्र तहको भलिबल प्रतियोगिताकने उपाधि जनता मावि हर्कपुरले हात पारेकाे छ ।
आज भएको फाइनल खेलमा श्री कृष्ण गण्डकी मा.बि ढोडेनी लाई सोझो सेटमा २५/२२ २५/१८ नम्बर तालिकामा पराजित गर्दै उपाधि जित्न सफल भएको हाे ।
प्रथम हुने जनता मा.बि ले नगद १५ हजार सिल्ड, मेडल र प्रमाण पत्र, दोस्रो हुने श्री कृष्ण गण्डकी माध्यमिक विद्यालयले ८ हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रमुख अतिथी नेपाल बक्सिङ संघ केन्द्रिय सदस्य लक्ष्मण कार्कीकाे उपस्थितिमा पुरस्कार वितरण समेत गरिएकाे छ ।
खेलकुद विद्यालय बाटै सिकाउन सके देशले पनि राम्रो र उत्कृष्ट खेलाडी तयार गर्न सक्ने बताए । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधि शिक्षक र समाजसेवीहरुको उपस्थिति रहेको थियोे ।
क्याम्पस प्रमुख दीपेन्द्र पौडेलले सहभागी विद्यालयलाई धन्यवाद दिए । कार्यक्रमको स्वागत मन्तव्य खेल संयोजक एवम् एस.पि.एम कलेज शिक्षा संकाय प्रमुख माधव प्रसाद सिग्देलले गरेका थिए ।
एस.पि.एम कलेज व्यवस्थापन अध्यक्ष महेन्द्रभक्त अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण इन्द्र पोख्रेलले गरेका थिए ।
प्रतियोगितामा १४ विद्यालय सहभागी भएका थिए ।