×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सेनाको हतियार चोरी प्रकरण : हिरासतभित्र क्रुर यातना दिएको भन्दै चार अधिकृतविरुद्ध किटानी जाहेरी


  •   सोमबार, फागुन १६, २०७८
  • चितवन, १६ फागुन । नेपाली सेनाको हतियार चोरी प्रकरणमा जबरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

    Advertisement

    ३० महिना जेल सजाय भोगिसकेपछि निर्दोष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् ।

    हतियार चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा पक्राउ परेका थिए । हतियार चोरेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दोस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् ।

    निर्दोस साबित भएर जेलबाट छुटेपछि लवकुमार १ पुस २०७८ देखि लागू हुने गरी स्वेच्छिक अवकास लिए भने तामाङ अहिले पनि कार्यरत छन् । लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन् ।

    आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उनको किटानी जाहेरी दर्ता गरेको छ । जाहेरी दर्ताका लागि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सिता भुजेलले सहजिकरण गरेका हुन् ।

    ‘मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो पसाइयो’

    आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो सिरिन्जमार्फत पसालेर चरम यातना दिइएको लवकुमारले बताएका छन् ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रुर यातना दिएर जबरजस्ती दोषी कबुल गराइएको बताए ।

    आफुलाई अनाहकमा क्रुर यातना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मानसिक र शारीरिक यातना दिएर जबरजस्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

    ‘हतियार चोरेको भन्दै पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर, असह्य पीडा हुने गरी कुटपिट गरियो । कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइयो । अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइयो’ जाहेरीमा भनिएको छ ।

    कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बेचिदिएर त्यहि पैसाले हतियार किन्छु भन्दै धम्क्याएर मानसिक यातना दिइएको उनले भनेका छन् । ‘यातना दिने क्रममा अण्डकोषमा डोरीले बाँधेर कतै बाँधिदिने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए ।

    कसरी निर्दोश सावित भए ?

    आफ्नै साथीको हत्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि हतियार चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको हतियार ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको हत्या गरेका थिए ।

    घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जेल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दोस सावित भएका हुन् । हत्या आरोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् । कुलप्रसाद काफ्ले/न्युज कारखाना

     

    साभार: हल्कारो समाचार

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.