चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फरार प्रतिवादी पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी स्याङजा भिरकोट नगरपालिका वडा नम्वर २ बस्ने बर्ष २९/३० का बिबेक अधिकारी पक्राउ परेका हुन् ।
Advertisement
स्याङजा जिल्ला अदालतको २०७५ असार २५ गतेको फैसलाले जवरजस्ती करणी मुद्धामा ४ बर्ष कैद तोकिएको प्रहरीले जनाएको छ ।
उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतको आदेशले चितवन जिल्ला कारागारमा थुनाका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।



