×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आजदेखि सुरु भयो रत्ननगर महोत्सव


  •   आइतबार, फागुन १५, २०७८
  • चितवन । रत्ननगर महोत्सव आजदेखि सुरु भएको छ । टिकौली चउरमा सुरु भएको महोत्सव फागुन २३ गते सम्म चल्नेछ ।
    कोरोनाको तेस्रो महामारीका कारण रोकिएको ११औं संस्करण बागमती प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री मिलनबावु श्रेष्ठले एक भब्य समारोहका बीच उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट हात्ती सहितको शोभायात्रा निकालिएको थियो ।

    Advertisement

    प्रमुख अतिथि श्रेष्ठले एमसिसीलाई भन्दा निजी क्षेत्रको प्रर्बद्धन र उत्पादनशिल क्षेत्रको विकासलाई जोड दिए । उनले चितवनमा उत्पादनमुलक उद्योग सञ्चालनको लागि प्रदेश सरकारले लगानीको बाताबरण बनाउने बताए ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले थलापरेको नेपालको अर्थतन्त्रलाई जोगाउन सरकारले व्यवसायीलाई पुर्नकर्जा उपलब्ध गराउनु पर्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले कोरोनालाई आत्मसाथ गर्दै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताए ।
    कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकुष्ण श्रेष्ठले चितवनलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गरे । उद्योगमैत्री नीतिको अभावका कारण लगानीको बाताबरण सृजना हुन नसकेको भन्दै उनले यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

    महोत्सवमा ४२५ कक्ष रहने छन । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ ।

    महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव निराजन खनालले जानकारी दिए । कार्यक्रममा प्रदेश मन्त्री कृष्णप्रसाद भूर्तेल,उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.