गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपुरले भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । शनिवार कावासोती १६ पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु १ च ६५३७ नम्बरको बलेरो पिक अप जिपलाई नियन्त्रणमा लिएको हो ।
Advertisement
चेकजाँच गर्ने क्रममा करिव चार लाख पचहत्तर हजार बराबरको सामान लोड भएको जीप बरामद गरेको हो ।
कोही व्यक्ति बिल बिजक सहित माग दाबि गर्न नआएपछि प्रहरीले बलेरो पिक अप जिप र सामानको बरामदी मुचुल्का सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर, नवलपरासी पश्चिम पठाईएको प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिए ।