×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव गर्ने, तयारी पूरा (भिडियो सहित)


  •   आइतबार, फागुन १५, २०७८
  • चितवन, फागुन १५ । धार्मिक पर्यटक बढाउन नारायणगढको गौरेश्वर पशुपति मन्दिरले दुई दिने रजत महोत्सव गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी भोलि र पर्सी दुई दिन गौरेश्वर पशुपति मन्दिर रजत महोत्सव २०७८ हुने जानकारी दिइएको हो ।
    मन्दिरका अध्यक्ष सुर्य कुमार प्रकाण्ड पियाका अनुसार देवघाटमा आएका पर्यटकलाइ समेत आकर्षित गराउन महोत्सवले थप सहयोग पुग्ने बताए । नारायणी नदी किनारमा रहेको मन्दिर २०५० सालमा स्थापना भएको हो । स्थापनाको २८औँ वर्ष प्रवेश अवसर पारेर गरिने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
    रजत महोत्सवको गलेश्वर आश्रम देवघाटधामका पीठाधिश अन्नतश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
    भोलि विहान साँढे ७ बजे शोभायात्रा, साँढे ११ बजे उद्घाटन, मध्यान्न १२ बजे स्मारिक विमोचान, सम्मान, फागुन १७ गते विहान देखि शिव पुजन तथा अर्जना गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
    २०५० सालदेखि हालसम्म १० हजार भन्दा माथि आर्थिक सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको हो । हिन्दुहरुको आस्थाको केन्द्र भएकाले पनि यसको विकास र थप पर्यटक भित्राउन विभिन्न योजना बनाएको मन्दिर समितिले जनाएको छ । नारायणगढमै रहेकाले पनि मन्दिरमा विवाह व्रतवन्ध गर्न धेरै मानिसहरु आउने गरेका छन् ।
    देशकै मध्यभागमा अवस्थित मन्दिर निर्माण गर्न २०४५ मा भरतलाल प्रधानको अध्यक्षतामा ९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरेर तत्कालिन भरतपुर नगर पञ्चायतबाट निर्माणको स्वीकृती लिएर २०५० सालमा निर्माण गरिएको हो ।
    भरतपुर २ का सुर्य कुमार प्रकाण्ड पिया र उनीकी श्रीमती चिनीदेवी पियाबाट निजी लगानीमा मन्दिर, पुजारी निवास कक्ष र कम्पाउण्ड वालसमेत निर्माण भएको हो ।

    Advertisement

     

    पछि गौरेश्वर पशुपतिमन्दिर संचालक समितिमा परिणत भएर २०७५ सालमा पियाको अध्यक्षतामा १३ सदस्यीय मन्दिर व्यवस्थापन समिति पुन गठन गरेर विकास र संरक्षणको कार्य हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.