गैँडाकोट । नेपाली काँग्रेस नवलपुरको सभापतिमा मदनभक्त अधिकारीको उम्मेदवारी नरहने भएको छ ।
नेपाली काँग्रेस गैँडाकोट ५ ले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि अधिकारीले जिल्ला सभापति पदमा आफ्नो उमेदवारी नरहने बताएको पत्रकार गोविन्द रिमालले जानकारी दिए ।
पार्टीमा जीवन्त ईतिहास बनाएका अधिकारीले अन्त्यमा आएर आफूलाई पार्टी नेतृत्वले धोका दिएको समेत गुनासो गरे । सभापतिका उम्मेदवार बालकृष्ण घिमिरेको टिमलाई आफ्नो सहयोग रहनेसमेत उनको भनाई छ ।
घिमिरेको टिमबाट उपसभापति पदमा केशवप्रसाद सापकोटा र उदयराज अधिकारीले उमेद्वारी घोषणा गरेका छन् भने सचिव पदमा करूणासागर सुवेदी र उदयराज अर्याल रहेका छन । सहसचिव पदमा विन्दुकुमार काफ्लेले उमेदवारी दिने बताएका छन् ।
छिट्टै उमेदवारको टिम सार्वजनिक गर्ने सभापति पदका उमेदवार बालकृष्ण घिमिरेले बताए । वडा सचिव किरणजंग केसीको सहजीकरण रहेको कार्यक्रम वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि ओमप्रसाद सापकोटा जितको शुभकामना दिएका थिए ।