×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भोलिदेखि रत्ननगर महोत्सव, सवै तयारी पूरा


  •   शनिबार, फागुन १४, २०७८
  • चितवन, फागुन १४ । कोरोना भाइरसको जोखिम बढेपछि उद्घाटनको संघारमा रोकिएको रत्ननगर महोत्सव भोलिदेखि हुने भएको छ । भोलिदेखि सुरु हुने महोत्सवको सवै तयारी पूरा भएको आयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
    यस अघि प्रशासनको आदेशमा मानविय हितलाई ध्यान दिएर सवै तयारी पूरा भएपनि महोत्सव स्थगित गर्नुपरेको उनले बताए । आज महोत्सव स्थल टिकौली चउरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवको सवै तयारी पूरा भएको जानकारी दियो । उद्घाटनको अघिल्लो दिन महोत्सव रोकिदा धेरै चिन्तित बनाएको भन्दै फागुन १५ देखि २३ सम्म चल्ने अवको महोत्सवले कृषि, पर्यटन, व्यवसाय आदिलाई माथि उठाउन मद्दत मिल्ने आयोजकको भनाई छ ।

    Advertisement


    यस अघि पौष २७ गतेदेखि महोत्सव गर्ने अन्तिम चरणमा रोकिने पुगेको थियो । महोत्सवमा ४५० वटा स्टल रहने छ । महोत्सवको तयारी पूरा भएको र वागमती प्रदेशका उद्योग वाणिज्य आपूर्ति मन्त्री मिलनवावु श्रेष्ठले उद्घाटन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।


    पूर्वी चितवन सहित जिल्लाको कृषि,पर्यटन,व्यवसायलाई जोड दिएर महोत्सव आयोजना गरिएको महासचिव निराजन खनालले जानकारी दिए ।
    साथै फागुन १६ देखि चार दिन फुड फेस्टिवल समेत संचालन गरिने बरिष्ठ उपाध्यक्ष शकर गिरीले बताए । फुडफेस्टिवल सौराहा चोकमा हुनेछ ।

    यो पटक सौराहामा जीप लाइन को नयाँ आयाम थप्न सकिने सम्भावनालाई ध्यान दिएर जीप लाइनको मज्जा लिन सकिने पूर्व अध्यक्ष राजाराम रेग्मीले बताए ।
    महोत्सव स्थल वन्यजन्तु समेत आउनेजाने ठाउँ भएकाले लामो समय संरचना राखिएको भन्दै आलोचना हुँदै आएको थियो । तर विषम परिस्थितीले त्यसो हुन गएको र वन्यजन्तुको संरक्षण र त्यसको वासस्थानमा सदैव चासो रहेको आयोजकको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.