×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन, दर्शकहरु बढ्दै


  •   शनिबार, फागुन १४, २०७८
  • चितवन । चितवनमा जारी चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन आज हजारौंले अवलोकन गरेका छन् ।
    कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु बारे परामर्श लिएका छन् ।

    Advertisement

    आज सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको छ । आज देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । आज चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।

    यस्तै बिभिन्न कृषि सहकारी संस्थाहरुबाट पनि सहभागी भएको उनले बताए । विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ(नयाँ अटोमेटिक मेसिनका कारण कृषकहरुको सहभागीता बढेको उनले बताए ।

    प्रदर्शनीको हल ‘ए’ स्थित क्लाइमेट्रोलको अधिकारिक बिक्रेता पिनाकल कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र गिरीले आज कृषकहरुको उल्लेखिय सहभागीता रहेको बताए । क्लाइमेट्रोलले चिस्यान केन्द्र सम्बन्धी काम गर्दै आएको छ ।

    आज चिस्यान केन्द्र बारे परामर्श लिन कृषकहरु उत्साहित रहेको गिरीले बताए । कृषकले व्यक्तिगत रुपमा भन्दा पनि कृषक समूहले चिस्यान केन्द्र बारे परामर्श लिएको उनले बताए । परामर्श लिने ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

    अहिले स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्रको योजना अघि सारेकोले कृषकहरुले यसमा चासो देखाएको उनको भनाइ छ । यो प्राविधिक बिषय भएकोले पनि किसानहरु यस बारे परामर्श लिन इच्छुक देखिएको उनको भनाइ छ । क्लाइमेट्रोल भारतीय कम्पनी हो ।

    यस्तै हल ुबीु मा अवस्थित एरोम्याक्स पोल्ट्री उपकरणका प्रोपाइटर अभिषेक गुप्ताले आज पोल्ट्रीसँग सम्बन्धित किसानहरुको राम्रो सहभागीता रहेको बताए । चल्ला हुर्काउने इलेक्ट्रिक मेसिन बारे परामर्श लिने किसानहरु बढी पाईएको उनले बताए ।

    यसलाई इलेक्ट्रिक ब्रुडिङ सिस्टम भनिन्छ । यो मेसिन नेपाली बजारमा नयाँ हो । यस कारण पनि किसानहरु यस बारे परामर्श लिन बढी उत्साहित भएको उनको बुझाई छ । पहिला चल्ला उत्पादनका लागि ग्यास प्रयोग गर्ने गरिन्थ्यो भने अब इलेट्रिक मेसिन प्रयोग गरेर कम लागतमा चल्ला हुर्साउन सकिने उनले जानकारी दिए ।

    यसले प्रदुषण पनि कम गर्ने उनको भनाइ छ । यसले अटोमेटिक रुपमा चल्लालाई आवश्यकता अनुसार तापक्रम दिन्छ । यस्तै अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन बारे पनि कृषकहरुले परामर्श लिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.