×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ईच्छाकामना २ का तीन गाउँमा एक घर एक धारा अभियानको शिलान्यास


  •   शुक्रबार, फागुन १३, २०७८
  • चितवन । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना वडानम्वर २ मा एक घर एक धारा अभियानको शिलान्यास गरिएको छ।

    Advertisement

    गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङका अनुसार वडाका करिव १५० घरमा यो योजना लागू हुने गरि शिलान्यास गरिएको हो। खानेपानीको आयोजना शिलान्यास सँगै यसको निर्माणलाई तीव्रता दिने अध्यक्ष गुरुङले बताइन् । आफूहरुले जनताको दुख र आवश्यकतालाई प्राथमिकतामा राखेर उक्त वडाका तीन गाउँमा घरघर खानेपानीको धारा पुर्याउने उनको भनाई छ ।
    अध्यक्ष गुरुङका अनुसार वडानम्वर २ को थापाथली, कोखथलीको फालगाउँ र हपनीमा आयोजनाले समेट्ने छ ।

    थापाथलीको ३८ घर, फालगाउँका ५० र हपनीका ६२ घरधुरी गरी कुल १५० घरधुरीका करिव १ हजार बढी जनता यसबाट लाभान्वित हुने अध्यक्ष गुरुङको भनाई रहेको छ ।

    आयोजनाको शिलान्यस पछि गुरुङले भनिन्, “चुनावमा गरेको प्रतिवद्धता पुरा गर्दै गइरहेका छौँ । टाढा टाढाबाट पानी बोकेर खानुपर्ने वाध्यता देखेपछि त्यसको अन्त्यका लागि एक घर एक धारा अभियानको थालनी गरिएको हो । ”

    गाउँपालिका र नेपाल ग्रामीण पुननिर्माण संस्थाको संयुक्त लगानीमा  थापाथलीमा चालीस लाखको , फालगाउँमा १३ लाख ५७ हजार २२७ र हपनीमा चालीस लाख ७१ हजारको लागतमा खानेपानी आयोजना निर्माण हुनेछ । अधिकाँश चेपाङ बस्ती रहेको ती गाउँहरुमा खानेपानी पुगेसँगै उनीहरुको दैनिकीमा सहजता आउने गुरुङको भनाई छ ।

    जनताले निर्वाचित गरेर पठाएदेखि खानेपानीको समस्या समाधानमा आफूहरु लागिरहेको र यो आयोजनालाई चांडै पूरा गर्ने गुरुङको भनाइ छ। यो सँगै अन्य स्थानमा पनि खानेपानीका आयोजनाहरु संचालन गर्ने योजना रहेको गुरुङले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.