गैँडाकोट । कुमारी बैंक गैँडाकोट शाखाले जनक मा वि लाई ४२ थान सिलिङ्ग पंखा सहयोग गरेको छ । गैँडाकोट ५ मा नमुना विद्यालय बनाउदै गरेको विद्यालयलाई बैँकले पंखा सहयोग गरेको हो ।
Advertisement
बैँकका बाग्मती प्रदेशका प्रमुख बिष्णु रेग्मी र शाखा प्रमुख रमेश पौडेलले विद्यालयलाई हस्तान्तरण गरेको प्रधानाध्यापक चुडामणी शर्माले जानकारी दिए ।
अव गर्मीको समय आएकाले वैँकबाट प्राप्त पंङ्खाबाट विद्यार्थीले सरल र सहज वातावरणमा शिक्षा लिन सहयोग पुग्ने बताए ।
आज विद्यालयमा भएको कार्यक्रममा पंङ्खा हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहेका बैँकका बाग्मती प्रदेशका प्रमुख बिष्णु रेग्मीले सामाजिक कार्य अन्तर्गत विद्यालयलाई सहयोग गरेको बताए ।




