चितवन । भोलिदेखि चितवनमा हुने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा हुने प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपक्षि विकास मन्त्री बसुन्धरा हुमागाईले विहान साँढे १० बजे उद्घाटन गर्नेछन् ।
चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु हुने प्रदर्शनी फागुन १५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने छन् । कृषिका नविनतम औजार, थोपा सिँचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहनेछ ।
प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु प्रदर्शन गरिने उनले बताए । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशे ढुंगा सावित हुने उनको विश्वास छ ।
प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदेर्शनीको तयारी तीव्र पारिएको उनको भनाई छ । चितवन कृषिमा समेत अव्वल जिल्ला रहेकाले प्रदर्शनीको सिकाइले थप सुधार हुने र विकसीत प्रविधिको प्रयोगमा लाग्न प्रेरणा मिल्ने समेत आयोजकले दावी गरेको छ।
कृषि क्षेत्रमा आश्रित अर्थतन्त्र भनिएपनि परम्पराबाट सुधार हुन नसकिरहदा यसरी हुने प्रदर्शनीले परिवर्तनमा समेत सहयोग पुग्ने बताइएको छ ।