×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भोलिदेखि चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी हुने, कृषिमन्त्री हुमागाईले उद्घाटन गर्ने


  •   बिहिबार, फागुन १२, २०७८
  • चितवन । भोलिदेखि चितवनमा हुने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    Advertisement

    कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा हुने प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपक्षि विकास मन्त्री बसुन्धरा हुमागाईले विहान साँढे १० बजे उद्घाटन गर्नेछन् ।

    चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु हुने प्रदर्शनी फागुन १५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने छन् । कृषिका नविनतम औजार, थोपा सिँचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहनेछ ।

    प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु प्रदर्शन गरिने उनले बताए । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशे ढुंगा सावित हुने उनको विश्वास छ ।

    प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदेर्शनीको तयारी तीव्र पारिएको उनको भनाई छ । चितवन कृषिमा समेत अव्वल जिल्ला रहेकाले प्रदर्शनीको सिकाइले थप सुधार हुने र विकसीत प्रविधिको प्रयोगमा लाग्न प्रेरणा मिल्ने समेत आयोजकले दावी गरेको छ।
    कृषि क्षेत्रमा आश्रित अर्थतन्त्र भनिएपनि परम्पराबाट सुधार हुन नसकिरहदा यसरी हुने प्रदर्शनीले परिवर्तनमा समेत सहयोग पुग्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.