चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सवारी ज्यान र लागुऔषध मुद्दाका फारार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
Advertisement
चितवन जिल्ला अदालतबाट २०७७ चैत्र ११ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ बर्ष ११ महिना ५ दिन कैद तोकिएका रत्ननगर ५ बस्ने बर्ष २८ का रेबन्त महतो र लागुओषध मुद्दामा २०६४ असार १३ गतेको फैसलाले १ बर्ष ३ महिना १३ दिन कैद ,नगद रु एक लाख जरिवाना तोकिएका फरार प्रतिवादी रत्ननगर १६ बस्ने बर्ष ३६ का मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
सूचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार उनीहरुलाई फागुन ११ गते पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।



