चितवन । ईलाका प्रहरी कार्यालय गितानगर चितवनका अनुसार बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउसो साँढे १ बजे भरतपुर १३ बेलसार चितवन राष्ट्रिय निकुञ्ज भित्र ६० वर्षीय चिजा सार्कीको शव भेटिएको हो । सार्कीसँगै निकुञ्जभित्र घाँस काट्न गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएको प्रहरीको भनाई छ।
तिनै जना सोही निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई एक्कासी बाघले आक्रमण गरेको र ईप्रका गितानगर र चितवन राष्ट्रिय निकुञ्जको वनको टोली हात्ती सहित सोही स्थानमा जाँदा बाघले खाई रहेको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ ।
Advertisement



