×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमालेको कान्छो जनसंगठन ‘रिटर्नी फेडेरेशन नेपाल’ चितवनमा पनि गठन, विदेशको सीप स्वदेशमा प्रयोग गरिदै


  •   बुधबार, फागुन ११, २०७८
  • चितवन, फागुन ११ । विदेशमा हासिल गरेको सीप र ज्ञानलाई स्वदेशमा प्रयोग गरी आर्थिक विकास तथा उद्यमशीलता विकास गर्न नेकपा एमालेको कान्छो जनवर्गीय संगठन ‘रिटर्नी फेडेरेशन नेपाल चितवनमा पनि गठन गरिएको छ ।

    Advertisement

    नेकपा एमालेले आफ्नो २२औँ जनवर्गीय संगठनको रुपमा रिटर्नी फेडेरेशन नेपालको शाखा चितवनमा पनि विस्तार गरेको हो । आज भएको जिल्ला भेलाले दिलकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाएको हो ।

    समितिको उपाध्यक्षमा बुद्धिराज अर्याल, सुलभ वन्धु पोखरेल, सचिवमा अमृत घिमिरे, उप सचिवमा सन्जय महतो र सुरेश मरहठ्ठा चयन भएका छन् । २१ सदस्यीय समितिमा अहिले कोषाध्यक्ष र केही सदस्य खाली रहेका छन् । खाली रहेको पदहरुमा पछि मनोनित गरिने संगठनका केन्द्रीय सदस्य एवम चितवन जिल्ला इन्चार्ज मनोज अर्यालले जानकारी दिए ।

    तदर्थ समितिको सदस्यहरुमा पदम अधिकारी, सन्जय न्यौपाने, श्रीकृष्ण चापागाई, गोविन्द ढकाल, खगराज पौडेल,धनराज कडेँल,कमल थापा,राज बम्जन, राम बहादुर कुँवर रहेका छन् ।

    तदर्थ समितिले थप सदस्यहरु विस्तार गर्ने,अन्य पालिकाहरुमा पनि कमिटि गठन गर्ने र केन्द्रीय महाधिवेशन पछि जिल्लामा समेत महाधिवेशन गर्ने अर्यालले जानकारी दिए।

    नेकपा एमालेको पार्टी कार्यालय चितवनमा भएको उद्घाटसत्रमा बोल्दै प्रमुख अतिथि पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले कान्छो संगठन भएपनि फरक कोण र उद्देश्य लिएर आएको बताए । विदेशबाट सीप र ज्ञान लिएर नेपाल फर्कीएका व्यक्तिहरुलाई समावेश गरेर बेरोजगार हुन नपर्नेगरी उद्यमशीलता विकासमा यो संगठनले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे । एक जिल्लामा रिटर्नीहरुले हासिल गरेको अनुभव अर्को जिल्लामा साटासाट गर्ने र रोजगारी सृजना समेत हुनेगरी संगठन अघि वढ्न आग्रह गरे । अहिलेको सरकार र अर्थमन्त्रीले लिएको गलत अर्थ नीतिले देशको अर्थतन्त्र डामाडोल भएको बताउँदै पुन एमालेको सरकार आवश्यक भएको औँल्याए ।


    विशिष्ट अतिथि प्रदेश सांसद एवम पूर्व मन्त्री विजय सुवदीले राजनीतिलाई पेशा बनाएकाहरुलाई गतिलो जवाफ दिनेगरी रिटर्नी फेडेरेशन अगाडि बढेको भन्दै उद्यमशीलतामा जोडिन गरिएको कार्य प्रसंसनीय भएको बताए । विदेशबाट सीप हासिल गरेर आएकादेखि दुखमा परेकाको पनि साहारा वन्ने बताउँदै विकासको अभियानमा जोडीएर सुखी नेपाली समृद्ध नेपालको महाअभियान साकार पार्नेगरी अघि बढ्न आग्रह गरे ।

    कार्यक्रममा बोल्दै संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम यसका अभियान्ता उत्तम अधिकारीले १ भिषा अवधि सकाएर र कम्तीमा १० वर्ष स्वदेश बस्ने योजना बनाएका व्यक्तिहरुलाई संगठनमा जोड्दै जाने बताए । विदेशमा नेपालीले कमाएको सीप क्षमता सदुपयोग गर्न राज्यले नसकिरहेकाले राजनीति मार्फत आर्थिक समृद्धिमा लाग्न संगठन बनाएको बताए । अव चाँडै विदेशबाट फर्कीएका नेपालीहरुलाई कसरी देशको आर्थिक विकास र समृद्धिमा जोड्न सकिन्छ भन्ने विषयमा बहस चलाएर नीति नियम बनाउन दबाब दिने बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.