×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अहिलेको मन्त्रीमा भन्दा तत्कालिन एमालेको भूमिकामा खुसी थिएँ : मन्त्री झाँक्री (भिडियो सहित)


  •   बुधबार, फागुन ११, २०७८
  • चितवन । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अहिलेके मन्त्री पदमा भन्दा तत्कालिन एमालेमा बढी खुसी भएको बताएकी छिन् ।

    Advertisement

    नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले पार्टीमा दोहोरो चरित्र देखापर्न खोजेको प्रति असन्तुष्ट जनाउँदै कि सरकारका एजेण्डामा समर्थन गर्न कि बाहिरीन आग्रह गरेकी हुन् ।

    सोही प्रंसंगमा बोल्दै मन्त्री झाँक्रीले आफू लोभले मन्त्री नभएको भन्दै विशेष परिस्थितीले यो भूमिकामा रहन परेको बताइन् । उनले भनिन्,“ सरकारमा पनि बस्ने अनि एमसीसीका विरुद्ध सडकमा ढुँगा हान्ने ? यो कस्तो राजनीतिक हो ? कि सरकार छोडेर आन्दोलन गरौँ कि सरकारका एजेण्डामा सहमत जनाऔँ । अन्यथा अनैतिक राजनीति नगरौँ ।”

    पार्टीका धेरै नेता कार्यकर्ताले सडक आन्दोलनमा बोलाएको प्रसंग जोड्दै मन्त्री झाँक्रीले झण्डा भएको गाडीमा हिँड्दासम्म त्यसको सम्मान गर्ने बताइन् । जुनदिन मन्त्रीपदबाट हटिन्छ सोही दिनको भोलिपल्ट देखि आन्दोलनमा आउन आफू तयार रहेको बताउँदै अहिले दोधारे चरित्र नदेखाउन पार्टीलाई आग्रह गरेकी छिन् ।

    केपी शर्मा ओलीले गठवन्धनबाट एकीकृत समाजवादी र माओवादी हटाए एमसीसीमा मत हाल्छौँ भन्दा पनि जनमत राष्ट्रवादी वनीरहने, अनि आफूहरु सत्तामा बस्ने एमसीसीको विरोध गरेर ढुँगा हान्न जाँदा राष्ट्रवादी भइने यस्तो विरोधाभाषपूर्ण अवस्थामा बस्न भन्दा एउटा निर्णयमा पुग्न उनको आग्रह थियो ।

    एमसीसीका वारेमा विरोधाभाषपूर्ण निर्णय गर्नु गलत भएको बताउँदै एमसीसीको पक्षमा जाने की विपक्षीमा भन्नेबारे जिल्लाबाट राय पठाउन आग्रह समेत गरेकी छन् । जिल्लाबाट विचार जानुपर्ने र सोही अनुसार केन्द्रीय कमिटीले निर्णय गरेर सांसदहरुलाई निर्देशन दिने उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.