चितवन । कलाकार जयनन्द लामाको निधन भएको छ ।
Advertisement
आज विहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
६५ वर्षका लामा मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै बौद्ध गएका थिए ।
उनले मनको बाँध, छक्कापञ्जा लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
लामाले कलकत्ते काइँयो,चुईंचुईं चुइँकने जुत्ता, मूलाको चना लगायतका चर्चित गीत गाएका छन् ।